ताजा समाचार

प्रतिनिधिसभाको बैठक कार्तिक १२ सम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक कार्तिक १२ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

आज(शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख घिमिरेले आउँदै गरेका चाडपर्वहरुको शुभकामना व्यक्त गर्दै कार्तिक १२ आइतबारसम्मका लागि बैठक स्थगित गरेको जनाकारी गराएकाछन् ।

आजको बैठकले बिद्युत विधेयक २०८० संसदीय समितिमा दफावार छलफलका लागि सर्वसम्मतिले स्वीकृत गरेको छ ।

यस्तै विभिन्न कारणले १० भन्दा बढी बैठक अनुपस्थित हुने सांसदहरुको अनुपस्थितिको सूचना पनि स्वीकृत भएको छ ।

थेरापीका लागि सांसद मनोरमा शेरचनको १६ बैठक अनुपस्थितिको सूचना र गृहजिल्ला भ्रमणका कारण सांसद दयालबहादुर शाहीको ११ बैठक अनुपस्थितिको सूचनालाई पनि आजको सदनले स्वीकृत गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org