चाडपर्व लक्षित देशभर साढे ७ सय ३९ स्थानमा नागरिक सहायता कक्ष स्थापना
काठमाडौं । चाडपर्व सुरक्षा तथा यात्रु आवागमन व्यवस्थापन गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल(एपीएफ) ले देशभर साढे ७ सय स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेका छन् । दसैं,तिहार, नेपाल संवत् तथा छठपर्व सुरक्षार्थ सवारी आवागमन र सुरक्षा रणनीतिअन्तर्गत नेपाल प्रहरीले करिब ६ सय र सशस्त्र प्रहरीले १ सय ५५ स्थानमा सहायता कक्ष स्थापना गरेका हुन् । प्रहरी र सशस्त्रका सहायता कक्ष छठसम्म कायम रहने जनाईएको छ । प्रहरीले देशभित्रका मुख्य सहर र भीडभाड हुने स्थानमा सहायता कक्षलाई केद्रित गरेको छ । सशस्त्रले सीमा क्षेत्रबाट हुने आवागमन व्यवस्थापनमा जोड दिएको छ ।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुबेर कडायतले उपत्यका र सातवटा प्रदेशमा जनपद प्रहरीका २ सय ७६ स्थान, ट्राफिक प्रहरीका २ सय ५८ र जनपद प्रहरीकै ५० ठाँउमा सीमा आवागमन तथा सुरक्षार्थ डेस्क स्थापना गरिएको बताए । यसमध्ये उपत्यकाका तीन जिल्लामा मात्रै १४ ठाँउमा ट्राफिक प्रहरीका यात्रु सहायता कक्ष र जनपदका ३१ ठाँउमा नागरिक सहायता कक्ष स्थापना गरिएको हो । उपत्यकाका तिन जिल्लामध्ये सबैभन्दा बढी आवागमन र भीडभाड काठमाडौंमा हुने गर्छ । सहायता कक्षबाहेक काठमाडौंमा नियमित र अरु छड्के टोलीलाई नियमितबाहेक पर्व सुरक्षामा समेत काम गर्न निर्देशन दिइएको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले चाडपर्वका समयमा अरु बेलाभन्दा बढी भीडभाड, आवागमन र आर्थिक कारोबार हुने भएकाले सुरक्षा व्यवस्थापन पनि त्यहीअनुसार गर्न आवश्यक रहेको बताए । हामीले जोखिमको विश्लेषण गरेर सोहीअनुसारको प्रबन्ध मिलाएका छौं । त्यो पटक प्रहरीले सीमा क्षेत्रमा अपराध रोकथाम तथा नियन्त्रण गर्न कुकुरसहितको संयन्त्र पनि तैनाथ गराएको छ । सीमामा स्थापना भएका डेस्कमा हातहतियार तथा विस्फोटक पदार्थ र लागूपदार्थ ओसारपसार नियन्त्रण गर्न कुकुरसहितको अनुसन्धान संयन्त्र तैनाथ गराईएको प्रहरी प्रवक्ता कडायतले जानकारी दिए ।
त्यसैगरि सशस्त्र प्रहरीले देशभर १ सय ५६ स्थानमा डेस्क स्थापना गरेकोमा त्यसमध्ये ३३ ठाँउमा स्वास्थ्य परीक्षणसहितको व्यवस्था मिलाएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए । शसस्त्र सिमा सुरक्षामा अग्रभागमा खटिने सुरक्षा संयन्त्र पनि हो । भारतसँग १ हजार ८ सय ८० र चीनसँग १ हजार ४ सय १४ किमि लम्बाईमा सीमा कायम भएकोमा भारत तर्फको सिमा खुला छ ।
Comments
अरु समाचार
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












