ताजा समाचार

प्रधानमन्त्री प्रचण्डलाई कैलालीमा देखाइयो कालो झण्डा

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कैलालीमा कालो झण्डा देखाइएको छ।

कैलालीको गौरीगंगा गाउँपालिकाको नवनिर्मित भवन उद्घाटनमा सहभागी हुन गएका प्रधानमन्त्री प्रचण्डलाई कैलालीको मसुरियामा क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपाल र क्रान्तिकारी युवा संगठनले कालो झण्डा देखाएका हुन्।

समाजवादी मोर्चाको सन्देश सभामा सहभागी हुन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्ड गौरीगंगा नगरपालिकाको नवनिर्मित भवन उद्घाटनमा पुगेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org