ताजा समाचार

न्यायाधीश समाजको अध्यक्षमा सपना प्रधान मल्ल निर्वाचित

काठमाडौं । न्यायाधीश समाजको अध्यक्षमा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल निर्वाचित भएकी छन्।

मंगलबार काठमाडौंमा भएको भेलाले उनलाई अध्यक्ष निर्वाचित गरेको हो।

न्यायाधीश समाजको अध्यक्षमा सामान्यतस् वरिष्ठतम् न्यायाधीशलाई बनाउने चलन छ।

यसअघि ईश्वर खतिवडा अध्यक्ष थिए। उनी दोस्रो पटक अध्यक्ष हुनुपर्ने भएपछि प्रधानलाई अध्यक्ष बनाइएको हो।

प्रधान प्रधानन्यायाधीशको रोलक्रममै रहेकी न्यायाधीश हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org