ताजा समाचार

इजरायलबाट भारत आइपुगे १८ नेपाली

काठमाडाैँ । भारतको स्पाइस जेटमार्फत इजरायलबाट १८ जना नेपाली सकुशल भारतको राजधानी दिल्ली आइपुगेका छन् ।

नेपाली दूतावासले समन्वय गरेर उनीहरूलाई इजरायलबाट फिर्ता ल्याएकाे हाे । भारत पुगेका नेपालीमध्ये चार जना विद्यार्थी रहेका छन् । उनीहरू बस्ने ठाउँ टाढा भएका कारण यसअघिको उद्धारको बेला छुटेको बताइएको छ ।

उनीहरूमध्ये केहीलाई बसबाट महेन्द्रनगर हुँदै घर जाने व्यवस्था गरेको र केही आजै प्लेनमा काठमाडौं आउने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

इजरायल र प्यालेस्टाइनबीच युद्ध सुरु भएपछि उक्त क्षेत्र असान्त बनेको छ । लडाइँ अहिले पनि जारी रहेको छ । नेपाल सरकारले जहाज चार्टर गरेर केही दिनपहिला २ सय ५४ जना नेपालीहरूको उद्धार गरेको थियो ।

युद्धमा १० जना नेपाली विद्यार्थीले अनाहकमा ज्यान गुमाएका छन् । उनीहरूको शव अहिले पनि इजरायलमै छ । एक जना विद्यार्थी बेपत्ता छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org