ताजा समाचार

प्रतितोला एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १५ हजार, तेजावी सुनको मूल्य १ लाख १४ हजार ४५० र चाँदीको मूल्य १ हजार ३८५ रुपैयाँ तोकिएको छ ।

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १६ हजार, तेजावी सुनको मूल्य १ लाख १५ हजार ४५० र चाँदीको मूल्य १ हजार ४२० रुपैयाँ तोकिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org