ताजा समाचार

बाराका प्रधानाध्यापक हत्यामा संलग्न ५ आरोपी सार्वजनिक

काठमाडौं । कलैयास्थित बाल एकता बोडिङ्ग स्कुलका प्रधानाध्यापक रुपेश सर्राफको हत्यामा संलग्न आठ जनामध्ये पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

गत सोमबार दिउँसो कलैया भरतचोक नजिकै निजी विद्यालयका सञ्चालक सर्राफको गोली हानी हत्या भएको थियो । उक्त हत्यामा संलग्न ५ जनालाई आज (बुधबार) बारा प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा कलैया उपमहानगर पालिका २ बस्ने राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंह रहेकोे प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए । मुख्य योजनाकार तथा अभियुक्त मनोज गुप्ता भने, भारतमा फरार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्ले अनुसार सर्राफ हत्या प्रकरण एक महिलाको रिसइवीका कारण हुन पुगेको हो । सर्राफलाई गोली हान्ने व्यक्ति पेशेबर सुटर रहेको पनि प्रहरीले जनाएको छ ।

प्रहरीले हत्यामा प्रत्यक्ष संलग्नता ८ जनाको भएपनि पाँच जना मानिस अनुसन्धानको दायरामा आएको र थप मानिसहरुसँग पनि सोधपुछको कार्य भइरहेको जनाएको छ ।

‘विशेषगरी यो घटनामा ८ जना व्यक्ति प्रत्यक्ष संलग्न भएको देखिएको छ । त्यसमध्येका पाँच जना पक्राउ परेका छन् । बाँकीको खोजतलास भइरहेको छ’, ‘घटना हुनुमा महिलासँगको सम्बन्धको रिसइवी देखिन्छ ।’जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक काफ्लेले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org