ताजा समाचार

जाजरकोट भूकम्पबाट ६२ हजार ६२ घरमा क्षति, साढे २६ हजार घर पूर्ण ध्वस्त

काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर कात्तिक १७ गते गएको ६.४ म्याग्निच्युडको भूकम्पले १३ जिल्लाका ६२ हजार ६२ घरमा क्षति भएको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जनाएको छ । शाखाले जारी गरेको पछिल्लो सूचनाअनुसार भूकम्पका कारण २६ हजार ५५७ घर पूर्ण रूपमा ध्वस्त भएका छन् ।

भूकम्पले ३५ हजार ४५५ घरमा आंशिक क्षति गरेको शाखाले जनाएको छ । भूकम्पका कारण १६ वटा सरकारी भवन पूर्ण ध्वस्त भएका छन् । ३४ वटा सरकारी भवनमा आंशिक क्षति पुगेको छ ।भूकम्पले सबैभन्दा ठूलो भौतिक क्षति जाजरकोट र रुकुम पश्चिममा गरेको छ । शाखाबाट प्राप्त विवरणअनुसार भूकम्पबाट जाजरकोटमा २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको छ । ९ हजार ७९७ घरमा पूर्ण क्षति गरेको छ ।

रुकुम पश्चिममा भूकम्पले ९ हजार ९६१ घरमा आंशिक क्षति र १६ हजार ५७० घरमा पूर्ण क्षति गरेको छ ।यस्तै रुकुम पूर्वका १४८, सल्यानका ५१२, रोप्पाका ८७, नवलपरासी पूर्वका १, दैलेखका १, दाङका ७ र प्युठानका ३१ घरमा भूकम्पले आंशिक क्षति गरेको छ ।भूकम्पले रुकुम पूर्वका ९, सल्यानका १५१, रोल्पाका २५, दैलेखका १, बैतडीको १, जुम्लाका ५ र कालिकोटको १ घरमा पूर्ण क्षति गरेको छ ।

भूकम्पका कारण संरचना भत्किँदा मृत्यु हुनेको संख्या १५४ पुगेको छ । शुक्रबार बिहान घाइते एकजनाको मृत्यु भएसँगै मृतकको संख्या १५४  पुगेको हो । भूकम्पका कारण घाइते हुनेको संख्या ३६४ रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org