ताजा समाचार

तिहारका लागि काठमाडौंको सुरक्षा व्यवस्था मजबुत बनाएका छौँ : एसएसपी खत्री

काठमाण्डौ । तिहारमा नागरिकको सुरक्षाका लागि सुरक्षा व्यवस्था मजबुत बनाएको काठमाण्डौ प्रहरीले जनाएको छ । दशैंँमा बनाएको सुरक्षा योजनालाई निरन्तरता दिने र सुरक्षा जोखिम, चोरी तथा लुटपाटको सम्भावना रहेका ठाउँलाई मध्यनजर गरेर विशेष सुरक्षा प्रबन्ध मिलाइएको काठमाण्डौ प्रहरीले जनाएको हो ।

काठमाण्डौ प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले तिहारमा सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले देउसीभैलो खेली तिहार मनाउन आग्रह गर्नुभयो ।

उहाँले जथाभाबी पटाका पड्काउँदा आगलागी लगायतका घटना हुनसक्ने भन्दै त्यस्तो नगर्न आग्रह गर्नुभयो । उहाँले लक्ष्मी पूजाका दिन बहुमूल्य गहरगहना प्रदर्शन नगर्न समेत अनरोध गर्नुभयो । उहाँले सुरक्षा प्रबन्ध गर्ने प्रहरीको मात्रै जिम्मेवारी नभएर आम नागरिकको पनि भएको बताउनु भयो ।

खत्रीले सुरक्षा प्रबन्ध मजबुत बनाउन कुनै कसर बाँकी नराखेको बताउनु भयो । उहाँले काठमाण्डौमा आफ्नो संस्कृति अनुसार देउसीभैलो खेल्नका लागि सीमित समय नतोकिएको बताउनु भयो ।

उहाँले प्रहरी र सुरक्षा समितिले काठमाडौमा २४ सै घण्टा सौहार्दपूर्ण वातावरणमा देउसीभैलो खेल्न खुला गरेको भन्दै कसैले समय तोकि अवरोध गरे प्रहरीलाई खबर गर्न आग्रह गर्नुभयो ।

खत्रीले विशेष सुरक्षा योजना बनाएर रातिसम्म दैसीभैलो खेल्दा भिडभाड हुने र झगडा हुनसक्ने क्षेत्रमा प्रहरीहरुको परिचालन बढी नै गरिने बताउनु भयो । उहाँले भिडभाड र आर्थिक गतिविध हुने क्षेत्रमा ड्रोनको प्रयोग गरेर कुनै घटना वा दुर्घटना नहुने गरी सुरक्षा व्यवस्था मिलाएको बताउनु भयो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org