ताजा समाचार

मिनी ट्रक दुर्घटना हुँदा एकको मृत्यु, १७ जना घाइते

काठमाडौं । कैलालीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।

भीमदत्त राजमार्गअन्तरगत गोदावरी नगरपालिका–४ मा सोमबार साँझ से–ख १४३८ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा डोटीको जोरायल गाउँपालिका–२ की ५८ वर्षीया शोभा बिकको मृत्यु भएको प्रहरी कार्यलय अत्तरियाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार बिकको घटनास्थलमै मृत्यु भएको हो भने ट्रकमा सवार अन्य १७ जना घाइते भएका छन् ।

घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको समेत बताईएको छ । घाइते सबै डोटीको जोरायल गाउँपालिका क्षेत्रका रहेको प्रहरीले जनाएको छ ।

उनिहरुको धनगढीको सेती प्रादेशिक अस्पताल, माया मेट्रो अस्पताल र अत्तरियाको पद्यमा अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि मिनी ट्रक चालक फरार भएका छन् । तिहार मनाएर पहाडी जिल्लाबाट तराई फर्किनेहरुको भीडभाडका कारण सार्वजनिक गाडीमा सिट नपाएर उनीहरु मिनी ट्रकमा आएको हुनसक्ने प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org