ताजा समाचार

माइतीघर मण्डलामा आजदेखि निशेधाज्ञा जारि

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलामा आजदेखि निशेधाज्ञा जारि गेरेको छ । जिल्ला प्रशासन कार्यालयले आजदेखि लागू हुनेगरी ३० दिन सम्मका लागि सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

निषेधित क्षेत्रका रूपमा माइतिघर देखी नयाँ बानेश्वर चोकसम्मको सडकलाई घोषणा गरेको छ । मंसिर ७ लाई लक्षित गरेर दुई समूहले आन्दोलन प्रदर्शनको तयारी गरेपछि जिल्ला प्रशासन कार्यालयले सम्भावित मुठभेटलाई मध्यनजर गर्दै निषेधाज्ञा लगाएको हो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम निषेधित क्षेत्र तोक्ने निर्णय मंसिर चार गते बसेको जिल्ला प्रशासनको बैठकले गरेको थियो। निशेधित क्षेत्रमा ३० दिनसम्म ५ जनाभन्दा बढी भेला हुन, जुलुस र प्रदर्शन गर्न रोक लगाएको छ ।

मंसिर ७ गते युवा संघले र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले माइतीघर मण्डलामा शक्ति प्रदर्शन गर्ने घोषणा गरेका थिए । तर, प्रशासनले दुवै पक्षलाई बोलाएर माइतीघरमा कार्यक्रम गर्न नदिने बताएको थियो । त्यसपछि उनीहरूलाई वैकल्पिक स्थानमा कार्यक्रम गर्न भनिएको छ ।

युवा संघले आफ्नो कार्यक्रमलाई ‘मूल्यवृद्धि, भ्रष्टाचार, जातीय सद्भाव र जुनसुकै अराजकताविरुद्ध’को प्रदर्शन भनेको छ । प्रसाईंले नागरिक मुक्ति आन्दोलन भन्दै व्यवस्था बदल्ने प्रदर्शन भनेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org