ताजा समाचार

एमालेको ‘मध्यपहाडी संकल्प यात्रा’ आज रामेछाप पुग्ने

काठमाडौं  । नेकपा एमालेले जारी राखेका पुष्पलाल (मध्यपहाडी) राजमार्ग केन्द्रित समृद्धि लागि संकल्प यात्रा आज पुष्पलालको जन्मथलो रामेछाप पुग्दैछ।

यात्राको १२ औं दिन आज धुलिखेलबाट प्रस्थान गर्ने यात्रा टोली रामेछापमा नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक पुष्पलालको जन्मस्थान मन्थलीमा बास बस्ने छ।

पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार धुलिखेलबाट आजको यात्रा सिधै दोलखातर्फ जाने तयारी छ। दोलखा जाने क्रममा अध्यक्ष केपी शर्मा ओलीले दोलालघाट, खाडीचौर, खरीढुंगा, चरिकोट, किर्ने लगायतका ठाउँहरुमा स्थानीयबासिन्दाहरुसँग भेटघाट र अन्तरक्रिया गर्नेछन्।

आज बिहानको खाना चरिकोटमा हुनेछ। चरिकोटबाट फर्कदा पुष्पलालको जिल्ला रामेछापको मन्थली आउने कार्यक्रम छ। रामेछापमा अध्यक्ष ओली सहितका नेताहरुले संस्थापक महासचिव पुष्पलालप्रति श्रद्धान्जली व्यक्ति गर्नेछन्।

नेकपा स्थापना भएको यस वर्ष ७५ औं वर्ष पुगेको छ। सोही अवसरमा पार्टीले आफ्ना संस्थापक नेताको स्मृतिमा निर्माण भएको पुष्पलाल मध्यपहाडी राजमार्गमा १९ दिने समृद्धि यात्रा सुरु गरेको हो।

यात्राका क्रममा पुराना कम्यूनिष्ट नेताहरुलाई ठाउँठाउँमा सम्मान पनि गरिएको छ। मध्यपहाडको समृद्धि र विकासका लागि स्थानीयबासीहरुसँग अन्तरक्रिया गरिने यस कार्यक्रम मार्फत पहाडी क्षेत्रको तिव्र बसाँइसराई रोक्न नयाँ नीति ल्याउने एमालेको तयारी छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org