ताजा समाचार

संघीय संसद् सचिवालयका महासचिव गौतमले दिए राजीनामा

काठमाडौं । संघीय संसद् सचिवालयका  महासचिव डा. भरतराज गौतमले राजीनामा दिएका छन् ।

आइतबार साँझ उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएको स्रोतले बतायो। उनको पदावधि ८ महिना बाँकी छदै राजीनामा दिएका हुन्।

राजीनामा दिनुको कारण खुलेको छैन। उनको राजीनामा आएसँगै सोमबार बिहान प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति पौडेललाई भेटेका हुन्।

उनीहरूले राष्ट्रपति पौडेललाई भेटेर प्रतिनिधि सभा सचिव रहेका पदम पाण्डेलाई महासचिवमा सिफारिस गरेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org