प्रचण्डमाथि लेखनाथको कटाक्ष: लुम्बिनीबाट सुरु माओवादीको रूपान्तरण अभियान गोकर्णमा अन्त्य भयो
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले आफ्नो पार्टीको पछिल्लो कार्यशैलीप्रति सार्वजनिक रूपमै असन्तुष्टि जाहेर गरेका छन् । पार्टीले सञ्चालन गरेको भनिएको रूपान्तरण अभियानप्रति उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका हुन् ।
माओवादीले थालेको रूपान्तरण अभियान लुम्बिनी विकास कोषको उपाध्यक्षबाट सुरु भएको र गोकर्ण रिसोर्टमा पुगेर अन्त्य भएको न्यौपानेको टिप्पणी छ ।
‘लुम्बिनी विकास कोषको नियुक्तिबाट शुरु रूपान्तरण अभियान गोकर्ण रिसोर्टमा पुगेर समापन,’ उनले पार्टी नेतृत्वप्रति व्यंग्य गर्दै आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
माओवादीले गत भदौ १६ बाट ‘जनतासँग माओवादी : विशेष रूपान्तरण अभियान’ नाम दिएर तीन महिना पार्टी रूपान्तरण अभियान घोषणा गरेको थियो । उक्त अभियान घोषणा गरेकै दिन माओवादी नेतृत्वको सरकारले विवादास्पद पृष्ठभूमिका ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति गरेको थियो । न्यौपानेले लुम्बिनी उल्लेख गरेर त्यही प्रकरणलाई संकेत गरेका हुन् ।
न्यौपानेले गोकर्ण रिसोर्टमा गरिएको रेनु दाहाल पुत्रीको भड्किलो विवाहप्रति पनि तीव्र असन्तोष प्रकट गरेका छन् । भरतपुर महानगरपालिकाकी मेयर रेनु प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरी हुन् । विगतमा फजुल खर्च बेगरको प्रगतिशील विवाहको वकालत गर्ने प्रचण्डको परिवारभित्रै भड्किलो विवाह भएपछि अहिले सामाजिक सञ्जालमा यसको चर्को आलोचना भइरहेको छ ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा...
-
राष्ट्रियसभाको बैठक पनि सर्यो
काठमाडौं । दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रियसभाको बैठक दुई घण्टाका लागि सारिएको छ । संसद् सचिवालयका...
-
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना...
-
सहकारी ठगी प्रकरणः छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । कानुनमन्त्री पदम...
-
सदन सञ्चालनबारे दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको ११ बजे निर्धारण गरिएको बैठक सञ्चालन गर्न दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।...
-
सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदै
काठमाडौं । सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदैछ । बरिष्ठ अधिवक्ता सिफारिस समितिका संयोजक सर्वोच्चका न्यायाधीश प्रकाश राउतको सिफारिसका...
-
सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न गठित समितिको बैठक बस्दै
६ जेठ, काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका...
-
राष्ट्रियसभा बैठक बस्दै, प्रतिवेदन तथा अध्यादेश पेस गर्ने कार्यसूची
काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेर १५ मिनेटमा संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।बैठकमा...
-
प्रतिनिधिसभाको बैठक: राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबल गरिने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।...