ताजा समाचार

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, केसी र थापाकाे शपथ आज

काठमाडाैँ । लुम्बिनी प्रदेशमा सात महिनापछि सरकार विस्तार भएको छ ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार दुई मन्त्री थप गरेका हुन् ।

यसअघि लुम्बिनीमा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रीमण्डल थियो । शनिबार दुई मन्त्री थपिएसँगै लुम्बिनीमा नौ सदस्यीय मन्त्रीमण्डल भएको हो ।

नयाँ मन्त्रिपरिषद्मा नेकपा माओवादी केन्द्रबाट कृष्णा केसी खानेपानी, ग्रामीण तथा सहकारी विकास र नेपाली कांग्रेसका सरोज थापाले पर्यटन तथा यातायात व्यवस्थामन्त्रीको जिम्मेवारी पाएका छन् ।

आज उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org