ताजा समाचार

एकीकृत समाजवादीको बैठक आज पनि जारी रहने

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहनेछ ।

गत बुधबार देखी सुरु भएको केन्द्रिय समिति बैठकमा ४० जनाले केन्द्रिय सदस्यले विद्यान संसोधन र उमेर हद ७० राख्नेका कि नराख्ने भन्नेलगायतका विषयमा आ-आफ्नो धारणा राखिसकेका छन । केन्द्रिय सदस्यले धारणा राख्ने जुन क्रम आज पनि जारी रहनेछ ।

विद्यालगायत अन्य प्रस्तावहरूमाथि छलफल गर्नका लागि ११ वटा प्रश्नावली बनाइएको र प्रत्येक सदस्यलाई सो विषयहरूमाथि टिप्पणी गर्नका लागि ३-३ मिनेटको समय छुटाइएको छ ।

आजको बैठक पनि बिहान ११ः०० बजे देखी सुरु हुने जनाईएको छ । आजको बैठकमा बाँकी केन्द्रिय सदस्यहरूले आ-आफ्नो धारणा राख्नेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org