ताजा समाचार

वालकुमारी घटना अत्यन्त दुःखद : एमाले महासचिव पोखरेल

काठमाडौं ।  नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वालकुमारी घटना अत्यन्त दुःखद भएको जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार स्टाटस लेख्दै सरकारलाई जिम्मेवार र जवाफदेही बन्न आग्रह गरेका छन् ।

महासचिव पोखरेलले आफ्नो कमजोरी लुकाउन सम्यम् नगुमाउन आग्रह गर्दै वल प्रयोग समस्याको समाधान होइन भनेका छन् । महासचिव पोखरेल लेख्छन्, ‘घटनाको निस्पक्ष छानविन गर । दोषीलाई कार्वाही गर । वालकुमारी घटनाका मृतक युवा द्वयप्रति भावपूर्ण श्रद्धान्जली । परिवारजनमा गहिरो समवेदना । घटनामा परी घाइते भएकाहरु सबैको शीघ्र स्वास्थ्य लाभको कामना ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org