ताजा समाचार

प्रधानमन्त्रीलाई भेट्न मृतकका परिवार बालुवाटार पुगे

काठमाडौं । शुक्रबार ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनको समयमा ज्यान गुमाएका परिवार बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रदर्शनमा मारिएका दुई युवाका परिवार बालुवाटार पुगेका हुन् । अहिले प्रधानमन्त्रीले मृतकका परिवारसँग कुराकानी गरिरहेको बालुवाटार स्रोतले बतायो ।

आन्दोलनमा दैलेखका २१ वर्षीय सुजन र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।आजै सरकारले मृतकको परिवारलाई राहत स्वरुप जनही १‍०र १० लाख दिने निर्णय गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org