ताजा समाचार

बागमती प्रदेश प्रमुखद्वारा तमु ल्होसारको शुभकामना व्यक्त

काठमाडौं । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले गुरुङ जातिको पर्व तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका तमु समुदायका दाजुभाइ–दिदिबहिनी तथा समस्त नेपालीमा सुख,शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

आज तमु ल्होसारका अवसरमा दिनुभएको शुभकामना सन्देशमा प्रदेशप्रमुख शर्माले ल्होसारलगायत मौलिक पर्वले नेपाली समाजलाई एकापसमा एकताबद्ध गरी सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्ने बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org