कांग्रेसले आज राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै,शीर्ष नेतालाई निम्तो
काठमाडौँ । नेपाली कांग्रेसले आज ४७औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदैछ । कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केको दिनलाई कांग्रेसले ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ दिवसका रूपमा मनाउँदै आएको छ ।
कांग्रेसले आज दिउँसो १ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रममा लोकतन्त्र प्राप्तिका लागि पटकपटक भएका आन्दोलनमा योगदान गरेका, वृहत शान्ति सम्झौताका पक्षधरलगायत राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरेको छ ।
कार्यक्रममा नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, राष्ट्रिय जनमोर्चा, नेमकिपालगायत दलका शीर्ष नेताहरूलाई बोलाइएको कांग्रेसले जनाएको छ । तर, राप्रपा, रास्वपालगायत दललाई भने बोलाइएको छैन । कार्यक्रममा बोलाउने दलहरूको निश्चित मापदण्ड तोकिएकाले केही दल छुटेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले शासन आफ्नो हातमा लिएर तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई जेल पठाएका थिए । २०२५ कात्तिक १४ गते बीपी जेलमुक्त भए लगत्तै भारत गएका उनी ८ वर्ष निर्वासित भए । तर राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरू मिलेर अघि बढ्नुपर्ने नीति अँगाल्दै २०३३ साल पुस १६ गते बीपी स्वदेश फर्किएका थिए ।
Comments
अरु समाचार
-
अख्तियार ऐन संशोधन विधेयक चाँडै संसदमा लैजाने तयारी
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयक चाँडै संसदमा लैजाने...
-
चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली नियुक्त
काठमाडौं । प्रा. डा. कृष्णप्रसाद ओली चीनका लागि नेपाली राजदूत नियुक्त हुनु भएको छ । राष्ट्रपचि रामचन्द्र पौडेलले संविधानको धारा...
-
रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगियो
काठमाडौं । सहकारी ठगी आरोपमा हिरासतमा रहेका पुर्व उपप्रधानमन्त्री तथा रास्वपा सभापती रवि लामिछानेलाई प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न म्याद...
-
कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगायो
काठमाडौं । आगामी मङ्सिर–१६ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारको टुङ्गो लगाएको छ...
-
राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)...
-
पदावधि नसकिँदै राजिनामा दिने पूर्व मुख्यसचिव अर्यालको तयारी
काठमाडौं । अन्तःशुल्क स्टिकर छपाइ भ्रष्टाचार मुद्दामा सफाई पाएका पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालले राजीनामा दिने भएका छन् । उनले गत...
-
धार्मिक दृष्टिकोणले मधेशको संस्कार, संस्कृति र परम्परा उच्च रहेको छ: महामन्त्री थापा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले धार्मिक दृष्टिकोणले मधेशको संस्कार संस्कृति, परम्परा उच्च रहेको बताएका छन् । तराई मधेशमा...
-
सरकारको कामलाई प्रभावकारी बनाउन संयन्त्र बनाइएको हो: डा.महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सरकारको कामलाई प्रभावकारी बनाउनका लागि सत्तासाझेदार दलहरुबीचको संयन्त्र बनाइएको बताएका छन् । चितवनमा...
-
एमाले सचिवालय बैठक भोलि बस्दै
काठमाडौं । समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट (एमाले)को सचिवालय बैठक भोलि...