ताजा समाचार

शेखरले भने–कम्युनिष्टहरूसँग यसरी नै सहकार्य गरिरहे कांग्रेसको अस्तित्व संकटमा पर्नसक्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले अहिलेको अवस्थामा पार्टी चले अस्तित्व संकटमा पर्नसक्ने बताएका छन् । प्रजातान्त्रिक सेनानी संघको कार्यक्रमलाई सम्बोधन गर्दै सबै मिलेर पार्टी चलाउनुपर्ने बताए । उनले भने, ‘अहिले हामी हाम्रो अस्तित्व त गुमाउँदै छैनौं भन्ने डर छ । बीपी कोइरालाले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भन्नुहुन्थ्यो । त्यो तीवटा कुरालाई लिएर कांग्रेस अघि बढ्यो भने समाप्त हुँदैन । तर, अहिले हामी जसरी जाँदैछौं केन्द्रीय समिति भनौं या वडा समिति तपाईंहरू कसरी लिनुहुन्छ थाहा छैन म चाहिँ भद्दा कमिटी भन्छु ।’

उनले युवाहरूमा बढ्दो महत्वाकांक्षा भएको भन्दै राजनीति गर्नेहरूसँग संस्कार र नैतिकता नभएकाले अहिलेको अवस्था आएको बताए ।शेखरले भने, ‘देश र कांग्रेस दुवैलाई सपार्न सकिन्छ । त्यसका लागि हामीले व्यक्तिवादी चरित्र छाड्न जरुरी छ । हामी आफैंमा रमाइरहेका छौं । हामीहरूको सर्वेसर्वा त सभापति शेरबहादुर देउवा हो । हामी उहाँकै इसारमा हिँड्ने हो । तर, उहाँ कसको इसारमा हिँड्ने हुर्नुहोस् त रु’

कांग्रेसलाई पहिलेकै अवस्थामा फर्काएर केन्द्रदेखि वडासम्म एक्लै चुनाव लडे कांग्रेसको भविष्य रहेको बताए । उनले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने बताए ।उनले भने, ‘निर्वाचनअघि गठबन्धन हुने भए लोकतान्त्रिक शक्तिहरूसँग मात्रै हुन्छ । कम्युनिष्टहरूसँग हुँदैन । चुनावपछि जरुरत पर्छ जाऔं ।’उनले यो सरकार परिवर्तन गरेर कांग्रेस नेतृत्वको सरकार आउन आवश्यक रहेको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org