ताजा समाचार

उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त भए, १६ जनाको सरुवा

काठमाडौं । उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त भएका छन् । २६ जना जिल्ला न्यायाधीश, दुई सह–न्यायाधिवक्ता, सह–रजिष्ट्रार, कानुन मन्त्रालयका सहसचिव एक(एक र नौं जना अधिवक्ता गरी ३९ जना न्यायाधीश नियुक्त भएका हुन् ।

बुधबार बसेको न्याय परिषद्को बैठकले जिल्ला न्यायाधीशहरु राजेन्द्र अधिकारी, वसन्तराज पौडेल, पूर्णेश्वरप्रसाद उपाध्याय, केशवप्रसाद बास्तोला, जयानन्द पनेरु, खड्कबहादुर केसी,सूर्यनाथप्रकाश अधिकारी, कैलाशप्रसाद सुवेदी, मातृकाप्रसाद मरासैनी, ओमप्रसाद अर्याल, भरत लम्साल र कृपासुर कार्कीलाई उच्चमा लागेको हो ।

त्यस्तै, जिल्ला न्यायाधीशहरु हेमन्त रावल, विष्णुप्रसाद अर्याल, ध्रुवकुमार पिया, सूर्यप्रसाद पराजुली, कृष्णप्रसाद सुवेदी, दुर्गाप्रसाद ढुङ्गेल, तेजेन्द्रप्रसाद शर्मा, डिल्लीरत्न श्रेष्ठ, डण्डपाणि शर्मा, टीकाराम आचार्य, उमेश कोइराला, कृष्णमुरारी सिवाकोटी, विदुर कोइराला र नारायणप्रसाद सुवेदी पनि उच्चमा पुगेका छन् ।

अधिवक्ताबाट खेमराज भट्ट, अस्मिनकुमार राई, मात्रिकाप्रसाद भण्डारी, नरबहादुर खड्का, सानुमैया डंगोल, सरला मोक्तान, नरेशकुमार चौधरी, कैलाश गुरुङ्ग, माधव धिताल रहेका छन् । त्यस्तै, सह–न्यायाधिवक्ताद्धय रमादेवी पराजुली र हरिप्रसाद जोशी, सर्वोच्च अदालतका सह–रजिष्ट्रार नेत्रप्रकाश आचार्य, र कानुन मन्त्रालयका सहसचिव कोशलचन्द्र सुवेदी पनि उच्चमा पुगेका छन् । परिषद्ले १६ जना उच्च अदालतका न्यायाधीशको सरुवा पनि गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org