ताजा समाचार

चौथो पटक प्रधानमन्त्री बन्दै शेख हसीना

काठमाण्डौं । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसीना लगातार चौँथो पटक प्रधानमन्त्री बन्ने भएकी छिन्। आइतवार भएको विवादास्पद चुनावमा जीत हासिल गर्दै उनी चौथो पटक प्रधानमन्त्री बन्ने भएकी हुन्।

शेख हसीनाको पार्टी अवामी लीग र उनका सहयोगीहरू २९९ संसदीय सीटमध्य १५२ सिटमा जित हात पारेको छ। एकजना उम्मेदवारको निधन भएका कारण त्यहाँको निर्वाचन स्थगित गरिएको बीबीसीले जनाएको छ।

बङ्गलादेशको मुख्य विपक्षी दल बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) र तीनका सहयोगीहरूले चुनाव बहिस्कार गरेको थियो।

बङ्गलादेश चुनाव आयोगले चुनावको आधिकारिक परिणाम आज घोषणा गर्ने तयारी गरेको छ।

सन् १९९६ देखि २००१ सम्म बङ्गलादेशको प्रधानमन्त्री रहेकी शेख हसीनाको यो पाँचौँ र लगातार चौथो कार्यकाल हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org