ताजा समाचार

‘नेपालले सधैँ एक-चीन सिद्धान्तलाई समर्थन गर्दै आएको छ’

काठमाडौं । नेपाल–चीन मिडिया फोरमले आज (आइतबार) ताइवानको निर्वाचन र त्यसको सम्भावित परिणामबारे विज्ञप्ति जारी गरेको छ । अध्यक्ष किशोर श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालले एक चीन सिद्धान्तलाई अनुमोदन गरेको अवस्थामा ताइवान क्षेत्रमा हालै सम्पन्न ‘निर्वाचन’ ले नेपाली नागरिक,मिडिया र नेपाल र चीनबीच मित्रता र जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन समर्पित व्यक्तिहरुमा चिन्ता पैदा गरेको छ ।’

‘हामी ताइवानको प्रश्न चीनको आन्तरिक मामिला हो र हामी विश्वमा एउटा मात्र चीनलाई मान्यता दिन्छौं भन्ने कुरा दोहोर्याउँछौं’,  अध्यक्ष श्रेष्ठ विज्ञप्तिमा लेख्छन्, ‘हामी जनवादी गणतन्त्र चीनको सरकारलाई सम्पूर्ण चीनको प्रतिनिधित्व गर्ने एकमात्र कानूनी सरकारको रूपमा समर्थन गर्दछौं र ताइवान चीनको भूभागको अविभाज्य भाग हो भन्ने पुष्टि गर्दछौं। फलस्वरूप, हामी ताइवान स्वतन्त्रताको कडा विरोध गर्दछौं। तसर्थ, हामी निरन्तर चीनको पूर्ण एकीकरणको समर्थनमा उभिएका छौं र यसको निरन्तर समृद्धिको आशा गर्दछौं।’

जनवरी १३, २०२४ मा ताइवानका जनताले सत्तारुढ डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) का उम्मेदवार लाई चिङ–तेलाई आफ्नो राष्ट्रपतिमा मतदान गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org