ताजा समाचार

शीतलहरसँगै चिसो बढेपछि तराईका शैक्षिक संस्था बन्द

विराटनगर । कोशी प्रदेशका तराईका जिल्लाहरुमा शीतलहरसँगै अत्यधिक चिसो बढेपछि शैक्षिक संस्थाहरु बन्द गर्न थालिएको छ ।अत्याधिक चिसो बढेपछि विराटनगर महानगरपालिका, इटहरी नगरपालिकाहरुले शैक्षिक सस्थाहरु बन्द गर्ने निर्णय गरेका छन् ।

यस्तै मोरङ, सुनसरी र झापाका अन्य पालिकाहरुले पनि बर्खे विदाबाट कट्टा हुने गरि शैक्षिक सस्था बन्द गरेका छन् । विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्थामा तीन दिन विदा दिने निर्णय गरेको छ ।

मंगलबार एक सूचना जारी गर्दै महानगरले बुधबारदेखि शुक्रबारसम्म तीन दिन महानगर क्षेत्रका सम्पूर्ण विद्यालय विदा दिने निर्णय गरेको हो ।अत्यधिक चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै विदा दिने निर्णय गरिएको महानगरले जनाएको छ ।

केही दिनयता विराटनगरसहित तराईका जिल्लामा शीतलहरसँगै चिसो बढेको छ । विराटनगरको तापक्रम ९ डिग्री भन्दा तल झरेको छ । यस्तै इटहरी उप महानगरपालिकाले पनि आजबाट तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा असर पुग्ने भन्दै विद्यालय बन्द गर्ने निर्णय गरेको उप महानगरले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org