असंलग्न आन्दोलनको शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री युगान्डा प्रस्थान
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन युगान्डा जानुुभएको छ । उहाँ आज बिहान कतार एअरलाइन्सबाट त्यसतर्फ जानुुभएको हो । सम्मेलन भोलि र पर्सि युगान्डाको राजधानी कम्पालामा हुँदैछ ।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साललगायत सहभागी हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्डले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनमा भोलि शुक्रवार सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।
शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्रीले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद यही माघ १ गते राति नै त्यसतर्फ प्रस्थान गरिसक्नुभएको छ ।
नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो र यसको स्थापनादेखि नै सबै शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो ।
Comments
अरु समाचार
-
सर्वोच्च अदालतमा अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने
काठमाडौँ, १ जेठः सर्वोच्च अदालतमा आजदेखि अनलाइनमार्फत मुद्दा दर्ता र पेसीको सूचना स्वचालितरुपमा पठाउने प्रणालीको शुभारम्भ भएको छ । प्रधानन्यायाधीश...
-
राष्ट्रपति पौडेलबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
काठमाडौँ, १ जेठः सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१र८२ को वार्षिक नीति तथा...
-
सभामुखको आग्रहमा कांग्रेस लचिलो,संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसद्मा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको...
-
संसद्को गतिरोध अन्त्य गर्न सभामुख सक्रिय
काठमाडौं । नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान एवं...
-
मन्त्रिपरिषद्बाट १६औं पञ्चवर्षीय योजना पारित
काठमाडौं । मन्त्रिपरिषद्बाट १६ औं पञ्चवर्षीय योजना पारितपारित भएको छ। मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले १६औं पञ्चवर्षीय योजना पारित गरेको...
-
गणतन्त्र दिवस मौलिकरूपमा मनाउन प्रधानमन्त्रीको निर्देशन
काठमडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक तवरले मनाउन निर्देशन दिएका छन् । उनले यस वर्षको...
-
गिरीबन्धु टी-स्टेटलाई व्यवस्थित गर्न तत्कालीन प्रधानमन्त्री ओलीको नीतिगत निर्णय : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु टी-स्टेटमा नीतिगत निर्णय गरेको ठोकुवा गरेका छन्...
-
सभामुखद्वारा सदन खुलाउन छलफल
काठमाडौं । नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले आज प्रमुख विपक्षी दल नेपाली कांग्रेसका...
-
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् ।सोमबार बसेको प्रदेश सभा बैठकमा कार्कीको पक्षमा ५७ मत परे...