ताजा समाचार

नेपालले बिआरआइबाट लाभ लिन सक्ने प्रशस्त सम्भावना छ: शंकर पोखरेल

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बिआरआइ अन्तर्गतका परियोजनाहरू छिटोभन्दा छिटो कार्यान्वयन गर्न सरकार तत्पर हुनुपर्ने बताएका छन्।

काठमाडौंमा आइतबार चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली कम्युनिष्ट पार्टीहरूबीच भएको छलफलमा बोल्दै उनले बिआरआइका सन्दर्भमा नेपालले गरेको सहमतिअनुसार परियोजना पहिचान गर्ने कुरामा आफूहरु पछि परेको बताए।

उनले परियोजना पहिचानको विषय सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउँदै नेपाल र चीनका बिचमा उच्चस्तरमा भएका भ्रमणले दुई पक्षीय सम्बन्धलाई बलियो बनाएको जिकिर गरे । महासचिव पोखरेलले विकासको चरणमा रहेको नेपालले बिआरआईबाट लाभ लिन सक्ने प्रशस्त सम्भावना रहेको रहेको जिकिर गरे ।

बिआरआईले नेपाल र चीनलाई सडक, रेल, हवाई तथा सञ्चार प्रविधिबाट जोड्ने उद्देश्य राखेको बताउँदै ठुला पूर्वाधार विकासको जग हाल्दै गरेको नेपालका लागि हिमालय वारपार बहुपक्षीय सम्पर्क सञ्जाललाई प्राथमिकतामा राखेर अघि बढाउनुपर्ने उनले बताए । उनले कोभिड १९ का बेलामा बन्द भएका उत्तरी सीमानाकाहरु नियमित सुचारु गर्न पनि आग्रह गरे ।

महासचिव पोखरेलले नेपाल र चीन बिचको भूगोललाई चुनौती नभई अवसरका रूपमा लिएर अघि बढ्न सबै नाकालाई आवागमन र व्यापारका लागि सहज बनाउनुपर्ने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org