ताजा समाचार

चलचित्र ‘खजुरे ब्रो’ मा हर्क साम्पाङको ‘विशेष भूमिका’

काठमाडौं । चलचित्र ‘खजुरे ब्रो’मा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अभिनय गरेका छन् ।

धरानमा केही समयदेखि छायांकन भइरहेको चलचित्रमा साम्पाङले अतिथि कलाकारको भूमिकामा काम गरेका छन् ।

सिनेमामा साम्पाङको चरित्रको छायांकन सकिएको चलचित्र निर्माण पक्षले जनाएको छ । सिनेमाका कार्यकारी निर्माता डायमण्ड उप्रेतीका अनुसार धरानको आइकनिक व्यक्तिको विषयलाई लिएर यहाँको सांस्कृतिक पक्ष उजागर गर्ने उद्देश्यले नगरप्रमुखलाई विशेष भूमिकामा खेलाइएको हो ।

‘खजुरे ब्रो’ पारिवारिक व्यंग्यामत्मक ‘लाइट कमेडी’ जनरामा आधारित चलचित्र हो ।

निर्देशक सुरज सुनुवारको निर्देशनमा बनिरहेको चलचित्र ‘खजुरे ब्रो’मा रेयर राई, महेश त्रिपाठी, नीति शाह मुख्य भूमिकामा छन्

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org