ताजा समाचार

नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशतले हुने आईएमएफको प्रक्षेपण

काठमाडौं । सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशतले हुने अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले प्रक्षेपण गरेको छ । यो प्रक्षेपण आईएमएफले मंगलबार सार्वजनिक गरेको वर्ल्ड इकोनोमिक आउटलुक २०२४ मा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले पनि गत महिना जारी गरेको प्रक्षेपणमा नेपालको आर्थिक वृद्धिदर चारदेखि पाँच प्रतिशतको बीचमा हुने जनाएको थियो । आईएमएफका प्रमुख अर्थशास्त्री पीएरे ओलिभर गुरान्चासले विश्व अर्थतन्त्रमा मुद्रास्फिति निरन्तर घट्दै वृद्धितर्फ उन्मुख भएर सफ्ट ल्यान्डिङतर्फ उन्मुख भएको जारी प्रतिवेदनमा उल्लेख गरेका छन् ।

साथै, उनले अर्थतन्त्र विस्तार सुस्त भएको जनाउँदै अगाडि बाधाहरू हुनसक्ने उल्लेख गरे । वर्ल्ड इकोनोमिक आउटलुकका अनुसार विश्व अर्थतन्त्र सन् २०२४ मा तीन दशमलव एक प्रतिशतले वृद्धि हुने जनाइएको छ । प्रतिवेदनले अमेरिकाको आर्थिक वृद्धिदर दुई दशमलव एक प्रतिशत हुने देखाएको छ ।

त्यसैगरी सन् २०२४ को मुद्रास्फिति दर ६ दशमलव सातले बढ्ने जनाएको छ । नेपालका दुई छिमेकी राष्ट्रहरू भारत र चीनको आर्थिक वृद्धिदर साढे ६ प्रतिशत र चार दशमलव ६ प्रतिशत हुने आईएमएफको प्रक्षेपण छ । भारत निरन्तर तीब्र र आर्थिक वृद्धि गर्ने राष्ट्रमध्ये एक बनेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org