ताजा समाचार

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडाैँ । नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्दैछ।

संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक हुनेछ।

शुक्रबार दिउँसो २ बजे बस्ने गरी संसदीय दल नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन्। यही माघ २२ गतेदेखि संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठक सुरू हुँदैछ।

सरकारले संसदमा विभिन्न विधेयक पेश गर्ने तयारी गरेको छ। ती विधेयकहरूलगायत विषयमा कसरी अघि बढ्ने भन्नेबारे कांग्रेसले सांसदहरूसँग छलफल गर्न लागेको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org