ताजा समाचार

कोसीमा सरकारसँग वार्ता गर्न पहिचानवादीले बनाए समिति

काठमाडौं। कोसीमा पहिचानवादीले वार्ता समिति गठन गरेका छन् । पुनः नामाकरण संघर्ष समितिको बुधबार बसेको बैठकले सरकारसँग वार्ता गर्न समिति गठन गरेको हो ।

पुनस्नामाकरणको माग गरिरहेका विभिन्न संगठनको बैठकले सरकारसँग वार्ता गर्ने निर्णय गरेको संघर्ष समितिका संयोजक डकेन्द्रसिंह थेगिमले बताए ।कोसी सरकारले पहिचानवादीहरूलाई औपचारिकरूपमा पत्राचार गरेर वार्तामा आउन आग्रह गरेको थियो ।

सरकारले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । यसमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेती र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सदस्य सचिव छन् ।

०७९ फागुन १७ गते बसेको प्रदेशसभा बैठकबाट प्रदेश नम्बर १ को नाम कोसी कायम गरेको थियो । त्यसबेला कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाका दुई तिहाइ भन्दा बढी सांसदको बहुमतले कोसी नामाकरण भएको थियो ।

लगत्तै पहिचान पक्षधरले नाम मान्य नहुने भन्दै आन्दोलन घोषणा गरेका थिए । आन्दोलनका क्रममा विराटनगरमा भएको झडपमा परी एक जनाको मृत्यु भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org