ताजा समाचार

मूल्य अभिवृद्धि कर बढेपछि श्रीलंकाको राजस्व २५ प्रतिशतले बढ्यो

कोलम्बो । मूल्य अभिवृद्धि कर (भ्याट) बढेपछि जनवरीमा श्रीलङ्काको राजस्व २५ प्रतिशतले बढेको अर्थ राज्यमन्त्री रञ्जित सियाम्बलापिटियाले बिहीबार जानकारी दिनु भएको छ । संसदलाई सम्बोधन गर्दै सियामबालापिटियाले जनवरीमा प्रदेशको राजस्व २ खर्ब १९ अर्ब रुपैयाँ अनुमान गरे पनि सरकारले २०२४ माघमा २७४ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको बताउनु भएको छ ।

श्रीलङ्का सरकारले भन्सार विभाग, अन्तःशुल्क विभाग र आन्तरिक राजस्व विभागमार्फत राजस्व सङ्कलन गर्ने गरेको सियाम्बलापिटियाले जानकारी दिनु भएको छ।  २०२४ माघमा भन्सार विभागले १२१ अर्ब, अन्तःशुल्क विभागले ३९ अर्ब र आन्तरिक राजस्व विभागले एक खर्ब १४ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको पनि उहाँले बताउनु भएको छ ।

राज्यमन्त्रीले राजस्व वृद्धिले अन्ततः देशका सबै जनतालाई फाइदा पुग्ने धारणा राख्नु भएको छ । उहाँले संसद्मा जनवरीमा मुद्रास्फीति ६.४ प्रतिशत रहेको र खाद्य मुद्रास्फीति ३.३ प्रतिशत मात्रै रहेको पनि जानकरी दिनु भएको छ । आर्थिक रूपमा टाँट पल्टिन लागेको श्रीलङ्काले पछिल्लो समयमा आर्थिक सुधार गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org