ताजा समाचार

डिआईजी पोखरेलले मातहतका कार्यालय प्रमुखलाइ भर्चुअल माध्यमद्वारा निर्देशन दिए

जनकपुर । मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञबिनोद पोखरेलले मातहत कार्यालयका कार्यालय प्रमुखहरुलाई सम-सामयिक विषयमा निर्देशन सम्बोधन गर्नु भएको छ । निर्देशन सम्बोधनको क्रममा वहाँले लागूऔषध नियन्त्रण गर्ने, ट्राफिक नियमको उल्लङ्घनलाई निरुसाहित गर्न कडाइका साथ कारवाही गर्ने, अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानमा लैंगिक हिंसा एवं महिला बालबालिका तथा जेष्ठ नागरिकविरुद्ध हुने हिंसाहरुको तदारुकताका साथ अनुसन्धान तथा कारवाही गर्न निर्देशन दिनुभयो ।

साथै कार्यालय संचालन व्यवस्थापनलाई चुस्तदुरुस्त बनाई गैह्र-व्यवसायिक र प्रहरी आचरण विपरितका कुनै पनि गतिविविधमा संलग्न नभइ उच्च मनोवलका साथ त्रुटीरहित ढंगबाट प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिनु भयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org