ताजा समाचार

एमाले संखुवासभा–काठमाडौं सम्पर्कमञ्च: वासु पाण्डेको नेतृत्वमा ३१ सदस्यीय कमिटी गठन

काठमाडौं । नेकपा एमाले संखुवासभा–काठमाडौं सम्पर्कमञ्चको अध्यक्ष वासु पाण्डेको नेतृत्वमा ३१ सदस्यीय कमिटी गठन भएको छ । गत माघ २७ गते शनिवार अनामनगर स्थित तमु सेवा समाजको सभाहलमा आयोजीत १२ औं सम्मेलनबाट सम्पर्कमञ्चको कामिटी सर्वसम्मत निर्वाचित भएको हो ।

सम्मेलनबाट अध्यक्ष वासु पाण्डे, उपाध्यक्ष अम्बिका गौतम तथा राजेश श्रेष्ठ, सचिव डम्बरु दाहाल, सह–सचिव गोविन गुरुङ र विन्दु न्यौपाने, कोषध्यक्ष जोजो भोटे लगायतको सिंगो कमिटी निर्वाचित भएका छन्।

निर्वाचित कमिटिलाई एमाले केन्दीय कमिटी सदस्य तुलसी न्यौपानेले सपथ ग्रहण गराएका थिए । सम्मेलनमा निवर्तमान अध्यक्ष देविन श्रेष्ठले राजनीतिक तथा सांगठानिक र कोषध्यक्ष डम्बरु दाहालले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।

२०५५ सालमा बलाराम थापाको नेतृत्वमा स्थापना भएको उक्त मञ्चको १२ औं सम्मेलनमा नेकपा एमाले स्थायी कमिटी सदस्य एंव सम्पर्क समन्वय कमिटी इन्चार्ज लालबाबु पंडित (प्रमुख आतिथी),स्थायी कमिटी सदस्य एंव प्रचार विभाग प्रमुख राजेन्द्र गौतम (विशिष्ट अतिथि), एमाले केन्द्रीय कमिटी सदस्य तुलसी न्यौउपाने,कोशी प्रदेश कमिटी सदस्य विपिन तामाङ लगायत सयौं नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org