ताजा समाचार

विभाजित वामपन्थी मतलाई एक ठाउँमा ल्याउन आवश्यक छः एमाले महासचिव पोखरेल

काठमाडाैँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेले जनतामा आशा जगाउने काम गरिरहेको बताएका छन् ।

एमाले दैलेखको आठौँ जिल्ला अधिवेशनलाई शनिवार दैलेखमा सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा आर्थिक विकासले समेत फड्को मारेको उल्लेख गरे ।पोखरेलले एमाले नीति र नेतृत्वमा प्रस्ट रहेको बताउँदै स्थानीय तहमा रहेका अन्तरविरोधलाई मिलाएर लैजानुपर्नेमा जोड दिए । उनले एमालेले अघि सारेको मिसन–८४ को नारालाई सबैले एक भएर अघि बढाउँदै विभाजन भएको वामपन्थी मतलाई एक ठाउँमा ल्याउन आवश्यक रहेको बताए ।

नेताका टाउका जोडेर पार्टी एकता नहुने भन्दै उनले कार्यकर्ताका मन जोड्दै कम्युनिस्ट आन्दोलन बलियो बनाउनतर्फ एमालेले अग्रसर भएको उल्लेख गरे ।

पोखरेलले दैलेख ऐतिहासिक विरासत बोकेको जिल्ला रहेकाले कम्युनिस्ट आन्दोलन अघि बढाउन दैलेखको नाम सधैँ अगाडि आउनेसमेत बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org