ताजा समाचार

संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै

काठमाडौँ । संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक संघीय संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्नेछ । आजको बैठकमा दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले ‘दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७९–८०’ पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘सम्पत्ति शुद्धीकरण ९मनि लाउण्डरिङ्ग० निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

यसैगरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै पारित गरियो भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org