ताजा समाचार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले बिहीबारराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको हो ।

पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु दुई रुपैयाँ वृद्धि भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिनुभयो । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ ।

निगमले पहिलो, दोस्रो र तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर क्रमशः रु १६९।५०, १७१ र १७२ तथा डिजेल÷मटिटेल क्रमशः १५७।५०, १५९ र १६० तोकेको छ ।

इण्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु १।८३ र डिजेलमा रु १।५६ बढेर आएको निगमले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org