ताजा समाचार

भौतिक पूर्वाधारमन्त्री ज्वालालाई बर्खास्त गर्न एमालेको माग

काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरेको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा एमालेले बालकुमारी घटनाका दोषी रहेका मन्त्री ज्वालालाई जिम्मेवारीबाट हटाउन माग गरेको छ ।

एमाले सचेतक महेश बर्तौलाले भने, ‘सरकारले बनाएको आयोगले मन्त्री दोषी बने । मन्त्री पदमा बहाल हुनुहुन्छ । मन्त्रीलाई बर्खास्त गरिएको छैन ।

सिपाहीलाई दण्ड मन्त्रीलाई झण्डा, मन्त्रीलाई चैन । विधिको शासन यही हो ? गृहमन्त्री पनि जोडिएको अवस्था छ । दोषीलाई जिम्मेवारीबाट बर्खास्त गरियोस् ।’

गत १३ पुसमा भएको घटनामा प्रहरीको गोली लागेर दुई युवाको मृत्यु भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org