निर्णायक खेलमा नेपालको ‘ए’ क्यानडासँग ४ विकेटले पराजित
काठमाडौं । नेपाल ए र क्यानडबिचको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपाल ४ विकेटले पराजित भएको छ । यो जितसँगै क्यनाडाले तीन म्याचको सिरिज २–१ ले जितेको छ ।
सिरिज जित्न नेपाल एले दिएको १८२ रनको लक्ष्य क्यानडाले निकोलस किर्तोनको अर्धशतकको मदतमा ३८.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।
७१ रन जोड्दा महत्वपूर्ण विकेट गुमाएको क्यानडाको पारी किर्तोनले सम्हाले । उनले पाँचौं विकेटका लागि निखिल दत्तसँग २९ रनको साझेदारी गरे । दत्त १४ रनमा आउट भए । त्यसपछि किर्तोनले नवदित दलिवालसँग छैटौं विकेटका लागि ६८ रनको साझेदारी गरे । ३९औं ओभरको दोस्रो बलमा बसिर अहमदले दत्ताई ३८ रनमा आउट गरेका थिए ।
तर पाँचौं बलमा किर्तोनले चौका हान्दै क्यानाडालाई सिरिज दिलाए । उनी ५८ रनमा अविजित रहे । आरोन जोनसनले ३६ रन जोडे । नेपालका साहब आलमले ४ विकेट लिए भने शेर मल्ल र बसिर अहमदको नाममा एक विकेट रह्यो ।
यसअघि मुलपानीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ए ले ४६.६ ओभरमा १८१ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।
नेपालको सुरुवात भने राम्रो थियो । अर्जुन कुमाल र आशुतोष घिरैयाले पहिलो विकेटका लागि ५१ रनको साझेदारी गरे । १४औं ओभरको पाँचौं बलमा घिरैया २८ रन बनाएर आउट भए । त्यसपछि नेपालले ठूलो साझेदारी गर्न सकेन ।
अर्जुन कुमाल २७ रनमा आउट भए भने बसिर अहमदले २४ र सन्दीप जोराले २४ रन बनाए । सुजन थपलियाले २० रन बनाउँदा रासिद खान र प्रतिश जीसी समान १९–१९ रनमा आउट भए ।
क्यानडाका निकोलस किर्तोन, डिलोन हेलिगर र हर्श थाकरले समान २–२ विकेट लिएका थिए । यसअघि नेपाल र क्यानडाको सिनियर टोलीले तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थिए । उक्त शृंखलामा नेपाल ३–० ले विजयी भएको थियो ।
Comments
अरु समाचार
-
सभामुखको आग्रहमा कांग्रेस लचिलो,संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसद्मा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको...
-
संसद्को गतिरोध अन्त्य गर्न सभामुख सक्रिय
काठमाडौं । नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान एवं...
-
मन्त्रिपरिषद्बाट १६औं पञ्चवर्षीय योजना पारित
काठमाडौं । मन्त्रिपरिषद्बाट १६ औं पञ्चवर्षीय योजना पारितपारित भएको छ। मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले १६औं पञ्चवर्षीय योजना पारित गरेको...
-
गणतन्त्र दिवस मौलिकरूपमा मनाउन प्रधानमन्त्रीको निर्देशन
काठमडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक तवरले मनाउन निर्देशन दिएका छन् । उनले यस वर्षको...
-
गिरीबन्धु टी-स्टेटलाई व्यवस्थित गर्न तत्कालीन प्रधानमन्त्री ओलीको नीतिगत निर्णय : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु टी-स्टेटमा नीतिगत निर्णय गरेको ठोकुवा गरेका छन्...
-
आजको राशिफलः २०८१ जेठ १ गते मंगलवार
मेष :व्यक्तिगत तथा पारिवारिक काममा समय बित्नेछ। तर अरूको भरपर्दा काम बिग्रन सक्छ। मान्यजनसँग असमझदारी बढ्नेछ भने हठ गर्ने बानीले...
-
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् ।सोमबार बसेको प्रदेश सभा बैठकमा कार्कीको पक्षमा ५७ मत परे...
-
उपप्रधानमन्त्री यादवले दिए राजीनामा
काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष...
-
कलकत्ताको महावाणिज्यदूत हुन सहसचिव भट्टको चलखेल, मुख्यसचिव अर्याल साथ दिँदै
काठमाडौं । मुख्यसचिव डा. बैकुण्ठ अर्यालले कलकत्ताको महावाणिज्यदूतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकट रहेका सहसचिव नवराज ढुंगानालाई चक्मा दिँदै प्रधानमन्त्री...