ताजा समाचार

प्रतिपक्षी दलको अवरोधपछि संसद् बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लगायत विपक्षी दलका अवरोधका कारण आजको संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका सांसदले विभिन्न विषय उठाउँदै होहल्ला र नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका थिए ।

सभामुख घिमिरेले सदन सञ्चालनमा सहयोग गर्न पटक–पटक आग्रह गरेका थिए । सभामुखको आग्रहका बाबजुद सांसदहरु आसनबाट उभिएरहेपछि सभामुख घिमिरेले बैठक स्थगित गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org