ताजा समाचार

‘पीपला’ र ‘राइपाली भञ्ज्याङ’पढ्दै एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार तथा लेखक विमल नेपालद्वारा लिखित उपन्यास ‘पीपला’ र सागर खड्काको ‘राइपाली भञ्ज्याङ’ पढ्न सुरू गरेका छन् ।

‘पीपला’ र ‘राइपाली भञ्ज्याङ’  पढिरहेको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनले पुस्तक पढ्न थालेको जनाएका हुन् ।

सामाजिक सञ्जालमार्फत प्राप्त सुझावहरूकै आधारमा आफूले ‘पीपला’ र ‘राइपाली भञ्ज्याङ’ पढ्न सुरु गरेको उनले बताएका छन् । सरसर्ती हेर्दा राइपाली भञ्ज्याङले सय वर्ष अगाडिको लाहुरे संस्कृति र पीपलाले विगतको सशस्त्र हिंसाबारे चर्चा गरेको रहेको उनले उल्लेख गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org