ताजा समाचार

टी-२० आई सिरिज : नामिबियाविरुद्ध टस हारेको नेपालले फिल्डिङ गर्दै

काठमाडौं । टी २० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।

टीयू क्रिकेट मैदानमा नामिबियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको हो । नेपालले टी-२० टोलीमा केही खेलाडी परिवर्तन गर्दा नामिबियाले आईसीसी विश्वकप लिग-२ को टोलीलाई निरन्तरता दिएको छ ।

लिग २ का दुवै खेलमा ४ विकेट र २ विकेटले नेपाललाई हराएको नामिबिया मनोबल उच्च छ । त्रिकोणात्मक सिरिजमा नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीच छन् ।

नेपालको प्लेइङ ११

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, अभिनाश बोहरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, विवेक यादव, गुल्शन झा र दीपेन्द्रसिंह ऐरी ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org