ताजा समाचार

कतारमा आप्रवासी कामदारहरूको स्वास्थ्य र सुरक्षा निरन्तर प्रमुख विषय बन्ने क्रम जारी

काठमाडौं । कतारमा आप्रवासी कामदारहरूको स्वास्थ्य र सुरक्षाको प्रश्न बारम्बार उठ्दै आएको छ। श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रकाशित गरेको ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन'(२०२२) मा पनि त्यसबारे उल्लेख छ।

त्यसमा भनिएको छ,’आप्रवासी कामदारहरूको स्वास्थ्य र सुरक्षा निरन्तर प्रमुख विषय बन्ने क्रम जारी छ। सन् २०२१/२२ मा ३९ जना महिलासहित एक हजार ३ सय ९५ जना नेपाली आप्रवासी कामदारहरूले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएको विवरण आएको थियो। अधिकांश मृत्यु ‘प्राकृतिक कारण’ले भएका थिए भनेर गन्तव्य मुलुकहरूले प्रमाणित गरेका छन्। मलेशिया, साउदी अरेबिया, कतार र यूएईमा सन् २०१९र२० र २०२० र २१ मा वार्षिक रूपमा १५० भन्दा बढी नेपाली आप्रवासी कामदारहरूको मृत्यु भएका घटनाका विवरणहरू आएका छन्।’

प्रतिवेदनमा उल्लेख्य सङ्ख्यामा नेपाली आप्रवासी कामदारहरू मध्यम तथा कडा खालका चोटपटक र रोग लिएर घर फर्किएको पाइएको पनि उल्लेख छ। त्यस्ता स्वास्थ्यसम्बन्धी समस्याहरू उनीहरूको कामसम्बन्धी सुरक्षासँग सम्बन्धित रहेको देखिएको प्रतिवेदनमा जनाइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org