ताजा समाचार

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी, नेताहरूको कार्यविभाजनबारे छलफल

काठमाडाैँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसिरहेको छ । बिहान साढे ८ बजेदेखि बैठक सुरु भएको हो ।

आजको बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय लिने माओवादी नेताहरूले जानकारी दिएका छन् । मंगलबार बसेको बैठकमा प्रदेश इन्चार्जहरूको विषयमा छलफल भएको थियो । त्यसबारे आज निर्णय हुने बताइएको छ ।

त्यस्तै माओवादी केन्द्रको बैठकमा नेपाली कांग्रेससँगको वर्तमान सत्ता गठबन्धनको विषयमा पनि छलफल भएको थियो । मंगलबारको बैठकमा राष्ट्रियसभाको अध्यक्ष नछाड्न नेताहरूले पार्टी नेतृत्वलाई दबाब दिएका थिए ।

त्यस्तै बैठकमा कांग्रेसको महासमिति बैठकका सम्बन्धमा पनि नेताहरूले चासो राखेका थिए । सुदूरपश्चिम प्रदेशमा माओवादी संसदीय दलमा देखिएको विवादले पनि बैठकमा प्रवेश पाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org