ताजा समाचार

वाफ महिला च्याम्पियनसिपमा आज नेपाल र जोर्डन खेल्दै

काठमाडौं । वाफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल जोर्डनसँग खेल्दैछ । खेल नेपाली समय अनुसार आज राति पौने १० बजे साउदी अरेबीयाको प्रिन्स अब्दुल्लाह अल फैसल स्टेडियममा हुनेछ । अस्ति लेबनानलाई हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो ।

जोर्डनले प्यालेस्टाइनलाई हराएर फाइनलमा पुगेको हो । जोर्डन साविक विजेतासँगै प्रतियोगिताको ५ पटकको विजेता हो । नेपालले समूह चरणमा तीन वटै खेलमा जित दर्ता गर्दै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org