ताजा समाचार

पानोरामा टीभीले सुरु गरेको ‘स्पीकर नेपाल’ मा आरिश्या रोक्का प्रथम

काठमाडौं  । पानोरमा टेलिभिजनले सुरु गरेको ‘स्पीकर नेपाल ‘ आरिश्या रोक्का हुन सफल हुनु भएको छ । आफूसँग प्रतिस्पधा गर्ने २० जना प्रतिस्पर्धीहरुलाई उछिन्दै लिट्टिल एञ्जल्स स्कुल कक्षा ८ मा अध्ययनरत आरिश्या रोक्का प्रथम हुन सफल हुनु भएको हो ।

रोक्काले आलिसान वर्ल्ड पर्निचरबाट नगद राशी २५ हजार रुपैयाँ प्राप्त गर्नु भएको छ ।  फाइनल राउण्डमा लिट्टिल एञ्जल्स स्कुल, सेन्ट जेभियर्स स्कुल जावलाखेल, अनल ज्योति स्कुल, ब्राइट फ्यूच्चर स्कुल र नेवा इङ्लिस स्कुलका गरि २० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । कक्षा ७, ८ र ९ कक्षाका विद्यार्थीहरुले कक्षा–कोठाको महत्व, ज्ञान नै शक्ति हो र नेपालमा कृषिको महत्व विषयमा आफ्नो मन्तव्य दिएका थिए ।

स्पीकर नेपाल कार्यक्रमको यही २०८० साल जेठ महिनादेखि अडिसन राउण्ड सुरु भएको हो । काठमाण्डौं उपत्यकाको करिब २५ वटा विद्यालयहरुले यस कार्यक्रममा सहभागिता जनाएका थिए । अडिसन राउण्डमा रेडियो कान्तिपुरका संचारकर्मी अम्बिका श्रेष्ठ, शिक्षाकर्मी विनोदकुमार शाह र युवा मल्लिका खत्रीले जुरीको भूमिका निर्वाह गर्नुभएको थियो । यसैगरी क्वालिफाइड राउण्डमा शिक्षाकर्मी विनोदकुमार शाह र युवा मल्लिका खत्री र डा. संगिता जोशीले गर्नु भएको थियो । यसैगरि फाइनल राउण्डमा शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवाल, शिक्षाकर्मी विनोदकुमार शाह  र मल्लिका खत्रीले जुरीको भूमिका निर्वाह गर्नु भएको थियो ।

पानोरमा टेलिभिजनका सीईओ तथा अध्यक्ष श्याम तण्डुकारले विद्यार्थीहरुको आत्मविश्वास बढाउने उद्देश्यले स्पीकर नेपालको आयोजना गरिएको जानकारी दिनु भयो । अध्यक्ष तण्डुकार भन्नुहुन्छ, ‘अडिसन राउण्डमा आउँदा र फाइनल राउण्डसम्म आईपुग्दा विद्यार्थीहरुमा निकै निखार आईसकेको छ । स्पीकर नेपाल कार्यक्रमलाई सफल बनाउनको लागि देशभरका प्रिन्सिपलहरुले यो हाम्रो आफ्नै कार्यक्रम हो भन्ने कुरा भित्री मनमा लिनुपर्छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org