ताजा समाचार

त्रिकोणात्मक टी-२० आई सिरिज: नेपालले आज हङकङसँग खेल्दै

काठमाडौं । नेपालले त्रिकोणात्मक टी(२० आई सिरिजअन्तर्गत पहिलो खेलमा आज घरेलु टोली हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ स् १५ मा मोकं कोकमा सुरु हुनेछ । नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी(२० आई सिरिज हुनेछ ।

नेपाल दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामीलगायतका पहिलो रोजाइका खेलाडी विना नै हङकङ पुगेको छ । फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो ।

हङकङले पहिला ब्याटिङ गर्दै नेपालको कमजोर बलिङ आक्रामणको भरपूर्ण फाइदा उठाउँदै २१२ रन बनाएको थियो । बाबर हायतले ४९ बलमा ३ चौका र १३ छक्कासहित सर्वाधिक ११० रन बनाएका थिए । मार्टिन कोट्जी २१ बलमा ३१ रनमा आउट भएका थिए । बाबर र मार्टिन प्रमुख ब्याटर हुन् । यी दुई ब्याटरको विकेट निकै महत्वपूर्ण हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org