ताजा समाचार

‘सुन तस्करीसम्बन्धी जाँचबुझ आयोग’ले राजस्व अनुसन्धान विभागका उपसचिव पौडेललाई पुरस्कृत गर्न सिफारिस गर्यो

काठमाडौं । सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले राजस्व अनुसन्धान विभागका उपसचिव सन्तोष पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ । ६१ किलो सुन तस्करीसम्बन्धी प्रभावकारी अनुसन्धान गरेको भन्दै पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको हो । आयोगको काममा अहोरात्र खटिएर सबैभन्दा बढी सक्रिय भूमिका निर्वाह गरेकोमा पुरस्कृत गर्न आयोगले सिफारिस गरेको हो ।

उपसचिव पौडेलले बरामद भएको ६१ किलो सुनको प्रारम्भिक अनुसन्धान परिणाम आउने गरी गर्नु भएको थियो । गत साउन ३ गतेदेखि १९ गते सम्मको अनुसन्धानमा संगठित अपराधको तत्व देखिएकाले थप अनुसन्धान सीआइबीबाट हुने गरी उपसचिव पौडेलको सक्रियतामा नेपाल प्रहरीमा फाइल हन्तान्तरण भएको थियो । सुन प्रकरणको प्रारम्भिक अनुसन्धान र प्रक्रियामा भूमिका देखिएकाले उपसचिव पौडेललाई पुरस्कृत गर्न लागिएको बुझिएको छ ।

उपसचिव  पौडेलले १८ दिनसम्म गरेको अनुसन्धानमा २१ जना पक्राउ, ११ ठाउँमा खानतलासी, ३१ जनाको डिएफएल, फरारहरूको लोकेसन ट्रयाकिङलगायत काममा उल्लेखनीय सफलता हात पारेको आयोगको निष्कर्ष छ । यसअघि पौडेल ‘उत्कृष्ट निजामती कर्मचारी २०७९’ बाट सम्मानित हुनु भएको थियो ।

आयोगले छानबिन गर्ने जिम्मा पाएको केन्द्रीय अनुसन्धान ब्युरोका पदाधिकारी, अन्य धेरैलाई मुद्धा चलाउने र विभागीय कारबाही गर्ने सिफारिस गर्दा पनि उपसचिव पौडेल एक मात्र त्यस्ता व्यक्ति हुन् जसलाई  छानविन समितिमा रहेर उत्कृष्ट काम गरेको भन्दै आयोगले सिफारिस गरेको हो ।

यस्तै जाँचबुझ आयोगले कम्प्युटर अपरेटर धनराज बुढालाई पनि पुरस्कृत गर्न सिफारिस गरेको छ । अपरेट बुढाले पनि ६१ किलो सुन प्रकरणको प्रारम्भिक अन्सन्धानमा भूमिका खेलेको आयोगको निष्कर्ष छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org