ताजा समाचार

प्रतितोला पाँच सय रुपैयाँले घट्यमे सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा पहेलो धातुको मूल्यमा सामान्य हेरफेर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला पाँच सयले घटेको छ ।

आइतबार प्रतितोला एक लाख २५ हजार मूल्यमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला एक लाख २४ हजार पाँच सय कायम भएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य आइतबार एक लाख २४ हजार चार सय कायम भएकोमा आज भने तोलामा रु पाँच सयले घटेर एक लाख २३ हजार नौ सय कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि सामान्य घटेको छ । आइतबार प्रतितोला एक हजार तीन सय १२ मा कारोबार भएको चाँदी आज भने प्रतितोला एक हजार तीन सय तीन निर्धारण भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org