ताजा समाचार

गृहमन्त्रीविरूद्ध प्रदर्शन गर्ने नेविसंघका १५ जना पक्राउ

काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)का १५ जना कार्यकर्ता पक्राउ परेका छन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै प्रदर्शन गर्ने क्रममा निषेधित क्षेत्र तोडेपछि प्रहरीले उनीहरुलाई सिंहदरबार बाहिरबाट पक्राउ गरेको हो ।

नेविसंघका कार्यकर्ताहरुले गृहमन्त्री लामिछानेको नैतिकता खै ? दुलोभित्र पसेको हो ?, सहकारी पीडितलाई न्याय खै ?, सहकारी ठगलाई उडे, घुमेर, टुँडिखेलमा राखेर, नाकको डाँडी भाँचिनेगरी हान्न मन छ लगायतका व्यानर बोकेर सिंहदरबारमा प्रदर्शन गरेका थिए । सिंहदरबार वरपर निषेधित क्षेत्र घोषणा गरिएकाले भेला तथा प्रदर्शन गर्न निषेध गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org